एमाले झापाले गर्यो उम्मेदवार सिफारीस, क्षेत्र नं. ४ बाट एल.पी साँवा सहित ३ जना
बिर्तामोड । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले झापाका ४ वटा क्षेत्रबाट उम्मेदवार सिफारीस गरिसकेको छ । झापा क्षेत्र नं. २ मा भने भोली मात्र सिफारीस हुने क्षेत्रिय पार्टी कार्यालयले जनाएको छ । झापा क्षेत्र नं. १, ३, ४, ५ का उम्मेदवार भने सिफारीस गरि जिल्लामा आइसकेको जिल्ला अध्यक्ष प्रेम गिरीले बताएका छन् ।

झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारीस भएको छ।
झापा क्षेत्र नं. ४ बाट दुईपटक संघिय सांसद जीतेका एलपी साँवा लिम्बुको नाम यसपटक पनि सिफारीस भएको छ । उनीसहित सिफारीसमा परेका हिरा थापा र भोजकुमारी नेपाल रहेका छन् । सफल व्यवसायी तथा झापा इनर्जी सन्चालक रहेका साँवा क्षेत्र नं. ४ का सम्भावित उम्मेदवार हुन । उनको योग्यता, अनुभव र क्षेत्र विकासमा गरेको योगदानले उनै उम्मेदवार हुने एक क्षेत्रिय सदस्यले बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
त्यसैगरि झापा क्षेत्र नं. ३ को क्षेत्रीय समन्वय कमिटीले ५ जनाको नाम सिफारीस गरेको छ । जसमा पुर्व सांसद, संविधान सभा सदस्य दीपक कार्की, संविधान सभा सदस्य हरिबहादुर राजबंशी, पूर्व प्रदेश सांसद बसन्त बानियाँ, देवेन्द्र आचार्य र सन्तलाल मेचे रहेका छन् ।
विगतको २ निर्वाचन देखि झापा क्षेत्र नं. ३ को प्रतिनिधी सभामा नेकपा एमालेको उम्मेदवार रहेको थिएन । एमाले र राप्रपासँगको चुनावी तालमेलले राप्रपामा भोटहाल्न वाध्य क्षेत्र नं. ३ का कार्यकर्ताले यसपाली चाहि प्रतिनिधिसभामा सूर्यमा नै भोट हाल्न पाइने हो कि भनेर उत्साहित भएको एक सदस्यले बताएका छन् । ‘राप्रपासँगको तालमेलले पार्टीलाई असर गरेपनि यसपटक हामी उत्साहित छौं’ उनले भने ।
क्षेत्र नं. ३ बाट सम्भावित उम्मेदवारमा हरिबहादुर राजवंशी र दीपक कार्की मध्ये एक हुनसक्ने आंकलन ती सदस्यले गरेका छन् । दीपक कार्की क्षेत्र नं. ५ का भएपनि सो क्षेत्रमा समेत उनको राम्रो पकड रहेको छ । यता संविधान सभा सदस्य हरिबहादुर राजवंशी यही क्षेत्रमा बसोबास गर्ने र जातिगत बाहुल्यता समेत राजवंशीहरुको रहेको भएका कारण पनि राजवंशीको सम्भावना बढी देखिएको छ ।

यता झापा क्षेत्र नं. १ बाट ८ जनाको नाम सिफारिस भएको छ । सिफारीस भएकाहरुमा रामचन्द्र उप्रेती, राजु कार्की, लक्ष्मी राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, निरु परियार र चन्द्र प्रसाई रहेका छन् ।
झापा क्षेत्र नं. १ का सम्भावित उम्मेदवार रामचन्द्र उप्रेती रहेका छन् । बौद्धिक छवि भएका र संस्थागत नेतृत्वमा पोख्ख उप्रेती देशको चर्चित सहकारी एनएमसि सहकारीका संस्थापक समेत हुन् । उम्मेदवार सिफारीस पछि निस्किएका एक क्षेत्रिय सदस्यले उप्रेती नै क्षेत्र नं. १ को उम्मेदवार हुने विचार व्यक्त गरेका छन् । ‘हामीले रामचन्द्र उप्रेती, लक्ष्मी राई र राजु कार्कीको नाम मात्र पठाउँ भनेको साथीहरुले आकाक्षा देखाउनु भयो’ एक क्षेत्रिय सदस्यले भने । ‘तर पनि प्रतिपर्धात्मक राजनीतिमा उप्रेती नै अगाडी हुनुहुन्छ, उहाँ नहुँदा राजु कार्की नै हो क्षेत्रका लागि’ उनको भनाई थियो ।



