दुर्गा प्रसाई र कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीबीच भेटवार्ता

दुर्गा प्रसाई र कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीबीच भेटवार्ता
  • २० पुष २०८२, आईतवार १२:४३

काठमाडौं–नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई र नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीबीच भेटवार्ता भएको छ ।

mulpatra

उनीहरूबीच प्रसाई निवासमा भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक घटना र आगामी राजनीतिक विषयमा छलफल भएको प्रसाईको सचिवालयले जनाएको छ ।

प्रसाई केसीबीच पछिल्लो नेपालको राजनीकित, हिन्दुराष्ट्रका पक्षमा जनमत संग्रहलगायतका विषयमा छलफल भएको प्रसाईका स्वीकय सचिव सुशिल बरालले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

प्रसाई र सरकारबीच वार्ता चलिरहेको बेला उनले राजनीतिक भेटघाट तीव्र बनाएका छन् । निर्वाचन नजिकै गर्दा प्रसाईले राजनीतिक सक्रियता बढेसँगै यसलाई अर्थपुर्ण रुपमा हेरिएको छ । हिजो मात्र प्रसाई र कांग्रेस नेता चन्द्र भण्डारीबीच भेटवार्ता भएको थियो ।