गाउँलेले आक्रमण गर्दा भागेका डोल्पा करोपगार्ड इलाका प्रहरी कार्यालयका प्रहरी सम्पर्कमाः एक व्यक्ति हराएको आशंका

गाउँलेले आक्रमण गर्दा भागेका डोल्पा करोपगार्ड इलाका प्रहरी कार्यालयका प्रहरी सम्पर्कमाः एक व्यक्ति हराएको आशंका
  • २० पुष २०८२, आईतवार १४:०९

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले शनिवार आक्रमण गर्दा भागेका प्रहरी सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालाले जानकारी गराएका छन् ।

mulpatra

शुक्रबार दिउँसो लागुऔषधको कारोबार गरिरहेको सूचना पाएको प्रहरीले छेप्के पुलमाथि चेकजाँच गर्न खोज्दा स्थानिय जुन रोकाया भागेका थिए । खोलामा हामफालेर भागेका रोकायालाई प्रहरीले वेपत्ता बनाएको भन्दै स्थानीयले हिजो शनिवार आक्रमण गरेका थिए ।

आक्रमणमा प्रहरी कार्यालय खदाङमा सामान्य क्षति भएको जिल्ला अधिकारी भिमराज कोइरालाले बताएका छन् । त्यहि क्रममा थोरै संख्यामा रहेका प्रहरी ज्यान जोखिमका पर्ने भएकाले भागेकामा सबैजना सकुशल कार्यालयमा रहेको कोइरालाले बताएका छन् ।

mulpatra mulpatra mulpatra

नदीमा बेपत्ता भनिएका रोकायाको अवस्था भने अज्ञात छ । जिल्ला प्रहरी कार्यालयले छानविनका लागि सबै प्रहरीलाई सदरमुकाम तानेको छ ।