Close

Recent Posts

गाउँलेले आक्रमण गर्दा भागेका डोल्पा करोपगार्ड इलाका प्रहरी कार्यालयका प्रहरी सम्पर्कमाः एक व्यक्ति हराएको आशंका

गाउँलेले आक्रमण गर्दा भागेका डोल्पा करोपगार्ड इलाका प्रहरी कार्यालयका प्रहरी सम्पर्कमाः एक व्यक्ति हराएको आशंका
  • २० पुष २०८२, आईतवार १४:०९

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित इलाका प्रहरी कार्यालय खदाङको प्रहरी चौकीमा स्थानीयले शनिवार आक्रमण गर्दा भागेका प्रहरी सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालाले जानकारी गराएका छन् ।

mulpatra

शुक्रबार दिउँसो लागुऔषधको कारोबार गरिरहेको सूचना पाएको प्रहरीले छेप्के पुलमाथि चेकजाँच गर्न खोज्दा स्थानिय जुन रोकाया भागेका थिए । खोलामा हामफालेर भागेका रोकायालाई प्रहरीले वेपत्ता बनाएको भन्दै स्थानीयले हिजो शनिवार आक्रमण गरेका थिए ।

आक्रमणमा प्रहरी कार्यालय खदाङमा सामान्य क्षति भएको जिल्ला अधिकारी भिमराज कोइरालाले बताएका छन् । त्यहि क्रममा थोरै संख्यामा रहेका प्रहरी ज्यान जोखिमका पर्ने भएकाले भागेकामा सबैजना सकुशल कार्यालयमा रहेको कोइरालाले बताएका छन् ।

mulpatra mulpatra mulpatra

नदीमा बेपत्ता भनिएका रोकायाको अवस्था भने अज्ञात छ । जिल्ला प्रहरी कार्यालयले छानविनका लागि सबै प्रहरीलाई सदरमुकाम तानेको छ ।