केपी शर्मा ओलीले जाँचबुझ आयोग समक्ष दिए बयान
काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको लागि बनेको जाँचबुझ आयोगलाई पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बयान दिएका छन् । आज ओली निवासस्थल गुण्डुमा आयोगको टोली बयान लिन पुगेको थियो । उक्त टोली समक्ष ओलीले बयान दिएको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन्।

बयान किन दिने ? प्रधानमन्त्री भएको व्यक्तिले पनि बयान दिने भन्दै ओलीले बयान दिन नजाने बताउँदै आएका थिए । आज आयोगको टोली प्रश्न लिएर ओली निवास पुगेको थियो । ओलीले दिएको बयानलाई रेकर्ड गरेर राखेको र त्यसलाई उतार्ने काम भइरहेको श्रोतले बताएको छ
बयानका लागि पुगेको टोली समक्ष ओलीले अध्यक्ष गौरीबहादुर कार्कीको निस्पक्षतामा प्रश्न उठाएको र कार्कीले घटनाबारे आफ्नो फैसला पहिल्यै सुनाइसकेकाले छानबिनको औचित्य नै नरहेको जिकिर गरेको बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|



