Close

Recent Posts

लुम्बिनी प्रदेशमा एमालेका यी नेताहरु भए सिफारीस

लुम्बिनी प्रदेशमा एमालेका यी नेताहरु भए सिफारीस
  • २१ पुष २०८२, सोमबार १०:५३

काठमाडौं । फागुन २१ को निर्वाचनका लागि नेकपा एमालेबाट उम्मेदवारहरु सिफारीस गरेको छ । पार्टीका उपाध्यक्ष देखि महासचिव सम्मका नेताहरु लुम्बिनीबाट सिफारीस भएर आएका छन् ।

mulpatra

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही २ बाट सर्वसम्मत भएका छन् । उनको रुपन्देही ३ र पाल्पाको क्षेत्र नम्बर २ बाट पनि नाम सिफारीस भएको छ ।

महासचिव शंकर पोखरेल दाङको क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएका छन् । २०७९ मा पराजित भएका थिए पोखरेल फेरी एकल सिफारीस भएका छन्।
दाङ १ बाट पाँच जनाको नाम सिफारिस भएको छ । यहाँबाट रेवतीरमण शर्मा घिमिरे, अर्जुन गुरुङ, डाक्टर सुरामणि बेल्वासे, रामप्रसाद गैरे र कमला आचार्यको नाम सिफारिस भएको छ ।

mulpatra mulpatra mulpatra

त्यसैगरी केन्द्रीय सदस्य प्रदीप ज्ञवाली गुल्मी १ बाट एकल उम्मेदारका रुपमा सिफारिस भएका छन् । एमाले उपाध्यक्ष गोकर्ण विष्टको क्षेत्र रहेको गुल्मी २ मा नेतृ रामकुमारी झाँक्री पनि आकांक्षी बनेपछि रोकिएको छ । यद्यपि क्षेत्रीय कमिटीको बहुमतबाट विष्टको नाम सर्वसम्मत पठाउने तयारी गरिएको सूचना पाएपछि झाँक्री शनिबार राति अध्यक्ष केपी ओली भेट्न गुण्डु पुगेकी थिइन् ।

रुपन्देही १ बाट केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित नेता दधिराम न्यौपाने र डा कृष्ण न्यौपाने सिफारिस भएका छन् । रुपन्देही ३ मा विष्णु पौडेल, वासुदेव घिमिरेसहित ११ जनाको नाम प्रस्ताव गरिएको छ । त्यसैगरी रुपन्देही ५ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईलाई प्रतिनिधिसभा उम्मेदवारका लागि एकल सिफारिस भएका हुन् ।

कपिलवस्तु १ मा विश्रामप्रसाद चौधरी एकल छानिएका छन् ।
त्यसैगरी कपिलवस्तुको क्षेत्र नम्बर २ मा दृघनारायण पाण्डेयलाई एकल सिफारिस गरिएको छ ।

Image Source: © https://mulpatra.com

बाँके १ मा २०७९ मै जितेका केन्द्रीय सदस्य सूर्य ढकाल, बाँके ३ मा पूर्वमन्त्री दलबहादुर सुनार एकल सिफारिसमा परेका हुन् । बाँके ४ मा अन्य ७ आकांक्षीले सुनारले आफूहरुलाई सूचना नै नदिई निर्णय गराएको भन्दै पार्टीका उजुरी हालेका छन् ।

प्यूठानमा नेता सूर्य थापा र अर्घाखाँचीमा नेता पिताम्बर भुसाल सर्वसम्मत हुने निश्चित भए पनि अहिलेसम्म औपचारिक निर्णय गरिएको छैन ।

त्यसैगरी पाल्पाको क्षेत्र नम्बर १ मा निवर्तमान सांसद नारायणप्रसाद आचार्य, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, नेताहरु निलबहादुर सारु, दुर्गादेवी राना, विमलप्रसाद काफ्ले शिव अर्याल सिफारिस भएका छन् ।

पाल्पा २ बाट ठाकुर प्रसाद गैरे, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नारायणी देवी शर्मा घिमिरे र डा रामबहादुर राउतको नाम सिफारिस भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको पश्चिमनवलपरासीमा पनि एमालेले एकल उम्मेदारको टुंगो लगाउन सकेन । क्षेत्र नम्बर १ मा किरण पौडेल र रामप्रसाद पाण्डेको नाम आइतबारको बैठकमा प्रस्ताव भएको छ भने क्षेत्र नम्बर २ मा पूर्वमन्त्री बैजनाथ चौधरीसहित श्याम बस्याल, भगौती यादव, सरिता पौडेलको नाम प्रस्ताव भएको छ ।

रुकुम पूर्वमा खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनारको नाम सिफारिस गरिएको छ ।

रोल्पामा नेता गोकुलप्रसाद घर्तीसहित नेपबहादुर वली, ओमराज घर्ती, घनश्याम आचार्य, मिना बुढा, अर्जुन कुमार वली, अस्मिता घर्तीको नाम सिफारिस गरी पठाइएको हो ।

बर्दिया १ मा ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा शालिकराम अधिकारी, कपिल ज्ञवाली, सुरेश रेग्मी, सुष्मा चौधरी र गोविन्द थपलिया रहेका छन् । क्षेत्र २ बाट बिमला बिक, कुलप्रसाद पोखरेल, शर्मा थारु, पंकजसिंह राठोर, शिवमणि शर्मा सिफारिस भएका हुन् ।