ट्रम्पले चीनसँग ३० लाख अमेरिकी डलरको सम्झौता रोक्का
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फोटोनिक्स कम्पनी हाइफो कर्पले न्यू जर्सीस्थित एरोस्पेस तथा रक्षा प्रविधिसँग सम्बन्धित कम्पनी एमकोरको सम्पत्ति खरिद गर्न गरेको ३० लाख अमेरिकी डलरको सम्झौता रोक्का गरेका छन् ।

राष्ट्रिय सुरक्षा र चीनसँग सम्बन्धित चासोलाई कारण देखाउँदै ट्रम्पले यस्तो निर्णय लिएका हुन्।
ह्वाइट हाउसले सार्वजनिक गरेको आदेशमा ट्रम्पले हाइफो कर्प जनवादी गणतन्त्र चीनका एक नागरिकको नियन्त्रणमा रहेको उल्लेख गरेका छन्। सन् २०२४ मा हाइफोले एमकोरका व्यवसायिक सम्पत्ति खरिद गरेपछि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा नकारात्मक असर पार्न सक्ने आशंका उत्पन्न भएको आदेशमा भनिएको छ।
![]() |
![]() |
![]() |
|---|
यद्यपि आदेशमा उक्त चिनियाँ नागरिक को हुन् भन्ने खुलाइएको छैन भने राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताका विस्तृत कारण पनि सार्वजनिक गरिएको छैन। तर ट्रम्पले सो सम्झौता प्रत्यक्ष रूपमा प्रतिबन्धित गरिएको स्पष्ट पारेका छन्।
“यो कारोबार तत्कालका लागि निषेध गरिएको छ,” आदेशमा भनिएको छ। साथै हाइफोलाई संसारको जुनसुकै स्थानमा रहेका एमकोरका सबै सम्पत्ति र अधिकार १८० दिनभित्र बिक्री (डाइभेस्ट) गर्न निर्देशन दिइएको छ।
अमेरिकास्थित विदेशी लगानीसम्बन्धी समीक्षा गर्ने निकाय ‘कमिटी अन फरेन इन्भेस्टमेन्ट इन द युनाइटेड स्टेट्स’ ले यस सम्झौतामा राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम रहेको निष्कर्ष निकालेको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ। तर जोखिम के हो भन्ने विषयमा मन्त्रालयले थप विवरण दिएको छैन।
Image Source: © https://mulpatra.com
यस विषयमा हाइफो कर्प र एमकोरसँग तत्काल सम्पर्क हुन सकेको छैन। साथै शुक्रबार रातिसम्म दुवै कम्पनीले आफ्ना वेबसाइट वा सार्वजनिक माध्यममा कुनै प्रतिक्रिया जनाएका छैनन्।
एमकोरले यसअघि हाइफोले आफ्ना चिप्स व्यवसाय र इन्डियम–फस्फाइड वेफर उत्पादन इकाइ २.९२ मिलियन डलरमा खरिद गरेको जनाएको थियो। सम्झौताका बेला एमकोर सेयर बजारमा सूचीकृत कम्पनी थियो भने पछि निजी कम्पनीमा रूपान्तरण गरिएको थियो।
हाइफो कर्पले आफू इमकोरकै पूर्व इन्जिनियरिङ उपाध्यक्ष गेन्जाओ झाङ र ह्यारी मुरले संयुक्त रूपमा स्थापना गरेको जनाएको छ। ह्यारी मुरको लिंक्डइन प्रोफाइलअनुसार उनी पनि एमकोरकै पूर्व वरिष्ठ बिक्री निर्देशक हुन्।



