सुन–चाँदीको मुल्य हालसम्मकै उच्च, २ लाख ६० हजार ४ सय पुग्यो
काठमाडौं– सोमबार नेपाली बजारमा सुको मूल्य ह्वात्तै बढेको छ । हिजो तोलामा २१०० रुपैयाँ घटेको सुनको भाउ आज एकैदिन ४ हजार ६०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६५ हजार रूपैयाँ पुगेको छ। हिजो छापावाल सुन प्रतितोला २ लाख ६० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि एकैदिन १८५ रूपैयाँ बढेको छ। हिजो ४ हजार ५०० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन बढेर ४ हजार ६ सय ८५ रूपैयाँ पुगेको छ।
![]() |
![]() |
![]() |
|---|
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएको खबरपछि भूराजनीतिक जोखिमप्रति लगानीकर्ताको चासो बढ्दा अन्तराष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य वृद्धि भएको हो । यसको प्रभाव नेपालमा पनि देखिएको छ ।
अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य करिब १.८ प्रतिशतले बढेर प्रति औंस करिब ४ हजार ४०८ अमेरिकी डलर पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि झन्डै ३.५ प्रतिशतले बढेको छ ।



