वीरगञ्ज फेरि तनावग्रस्त बढेपछि प्रशासनद्धारा निषेधाज्ञा जारी

वीरगञ्ज फेरि तनावग्रस्त बढेपछि प्रशासनद्धारा निषेधाज्ञा जारी
  • २१ पुष २०८२, सोमबार १३:४९

काठमाडौं। धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्ज महानगरपालिका क्षेत्र तनावग्रस्त बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
वीरगञ्ज महानगरपालिका क्षेत्रमा बिहानैदेखि विभिन्न हिन्दुवादी सङ्गठनहरूले विरोध प्रदर्शन सुरु गरेपछि यहाँको अवस्था तनावपूर्ण बनेको हो।

mulpatra

मुस्लिम समुदाय र हिन्दु समुदायले एक अर्काविरुद्ध प्रदर्शन गर्ने क्रम बढेका कारण प्रशासनले निषेधाज्ञा जारी गरेको हो । आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो।

सम्भावित झडपलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि संवेदनशील क्षेत्रहरूमा यो आदेश लागू गरिएको हो।

mulpatra mulpatra mulpatra