एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा
  • २१ पुष २०८२, सोमबार १४:१२

काठमाडौं । जेनजी आन्दोलनमा भएको घटनाको छानविन गर्न गठित उच्चस्तरीय आयोगले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली माथि लगाएको स्थानहद फुकुवा भएको छ ।

mulpatra

आज बसेको छानविन आयोगको बैठकले स्थानहद फुकुवा गरेको आयोग कार्यालयले जनाएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ७६ जनाको मृत्यु भएको र सयौं घाइते भएको विषय सोधपुछ गर्नका लागि ओली माथि स्थानहद लगाएको थियो ।

हिजो मात्र ओलीले जाँचबुझ आयोग समक्ष बयान दिइसकेपछि स्थानहद लगाइरहनु नपरेको जनाइएको छ । जाँचबुझ आयोगलाई बयान नदिने अडान लिएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अन्ततः आयोग समक्ष बयान दिन वाध्य भएका थिए ।

mulpatra mulpatra mulpatra