एमाले उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी २ बाट एकल सिफारिस

एमाले उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी २ बाट एकल सिफारिस
  • २१ पुष २०८२, सोमबार १४:२३

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनको लागि नेकपा एमालेले गुल्मी क्षेत्र नं २ बाट उपाध्यक्ष गोकर्ण विष्टको नाम उम्मेदवारको रुपमा एकल सिफारिस गरेको छ ।

mulpatra

यस अघि गुल्मी क्षेत्र नं. १ बाट समेत पार्टी सदस्य प्रदीप ज्ञवालीको नाम एकल सिफारिस भएको थियो । गुल्मी क्षेत्र नं. २ मा रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम छलफलमा आएपछि हिजो निर्णय हुन सकेको थिएन । आज भने सहमति मै एमाले उपाध्यक्ष गोकर्ण विष्टको नाम एकल सिफारीस गर्ने निर्णय क्षेत्रीय समितिले जनाएको छ ।

उपाध्यक्ष विष्ट ०७० सालको संविधानसभा निर्वाचन, २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा लगातार विजयी भएर आएका छन् ।

mulpatra mulpatra mulpatra