मन्त्रिपरिषद बैठक, गर्यो विभिन्न ८ निर्णयहरु

मन्त्रिपरिषद बैठक, गर्यो विभिन्न ८ निर्णयहरु
  • २१ पुष २०८२, सोमबार १५:२६

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न ८ निर्णयहरु सार्वजनिक भएको छ । आज सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ वटा निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री जगदीश खरेलले जानकारी गराएका छन् ।
यस्ता छन् निर्णयहरूः

mulpatra

१. राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय भएको छ।

२. समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।

mulpatra mulpatra mulpatra

३. जेन जेड सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेन जेड सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।

४. नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको छ ।

५. नेपाल सरकार र इजरायल सरकार बीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।

Image Source: © https://mulpatra.com

६. पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

७. वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

८. नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।