डेढ लाख निर्वाचन प्रहरी भर्ना हुँदै

डेढ लाख निर्वाचन प्रहरी भर्ना हुँदै
  • २२ पुष २०८२, मंगलवार ०७:२७

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ पारित गरेको छ । उक्त निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने गरी मापदण्ड स्वीकृत गरेको हो ।

mulpatra

त्यसरी भर्ना भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम दिइने छ। त्यसपछि ३० दिन कार्यस्थलमा खटाइने छ। भर्ना हुने म्यादी प्रहरीलाई प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब र सेवा सुविधा दिइने छ। पोसाक सुविधा पनि उपलब्ध गराइने छ। रासन सुविधा सम्बन्धित जिल्लाको दररेट अनुसार हुनेछ। रासन, मासिक तलब र पोसाकबापतको रकम सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिने छ ।

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० परिचालन हुने गरी मापदण्ड स्वीकृत गरिएको हो ।

mulpatra mulpatra mulpatra

निर्वाचनमा नियमित सुरक्षामा खटिने जनशक्तिलाई पनि निर्वाचन प्रहरीसरह १२ सय रुपैयाँ खाजा खर्च दिइने छ। भर्ना प्रक्रिया सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समितिबाट हुनेछ।

छनोटका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको हकमा जिल्लास्थित गण वा गुल्ममा निवेदन दिन सकिने छ। नियुक्तिका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आ(आफ्ना जवान सरहको पाठ्यक्रमका आधारमा छनोट विधि तय गर्ने छन्।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति रहने मापदण्डमा उल्लेख छ । छनोटका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्रको हकमा सशस्त्रको जिल्लास्थित गणरगुल्ममा निवेदन दिन सकिनेछ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com