आजपनि वीरगञ्जमा कर्फ्यु
काठमाडौं। वीरगञ्जमा आज पनि कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यु थप गरेको छ ।

प्रशासनले हिजो सोमबार बेलुका ६ः०० बजेदेखि आज बिहान ६ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्ज महानगरपालिका क्षेत्र तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु जारी गरेको हो ।
मुस्लिम समुदाय र हिन्दु समुदायले एक अर्काविरुद्ध प्रदर्शन गर्ने क्रम बढेका कारण प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रदर्शनका क्रममा झडन बढ्न थालेपछि नियन्त्रणका लागि कर्फ्यु जारी गरेको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



