पूर्वमन्त्री नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता संविधानसभा सदस्य एवं पूर्वमन्त्री उमेश प्रसाद यादव उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका छन् ।

२०७० सालको संविधानसभा चुनावमा यादव सप्तरी–३बाट विजयी भएका थिए । संविधान निर्माण पछि भएको २०७४ को निर्वाचनमा भने जसपा अध्यक्ष उपेन्द्र यादवसँगै पराजित भएका थिए । ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्री बनेका हुन् ।
नेता यादवलाई मंगलबार जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले फुलमाला र अविर लगाई पार्टीमा स्वागत गरेका हुन् ।
![]() |
![]() |
![]() |
|---|



