माओवादीबाट आएका बादल एमालेको निर्वाचन परिचालन कमिटि संयोजक
काठमाडौँ। नेकपा एमालेको आज बसेको सचिवालय बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको छ। एमाले र माओवादी एकता गर्दा भित्रिएका रामबहादुर थापा ‘बादल’ हाल नेकपा एमालेको उपाध्यक्ष बन्न सफल भएका छन् ।
नेकपा विघटन भएपछि थापा माओवादीमा नफर्की एमालेमै बसेका थिए ।

उनै थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्य रहेका छन्।
बैठकले अध्यक्ष केपी ओलीकै नेतृत्वमा घोषणा पत्र समिति समेत गठन गरेको छ। कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिस्म अधिकारी सदस्य रहेका छन्।
![]() |
![]() |
![]() |
|---|



