कोशी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन थपिए १० अनुहार
काठमाडौँ । कोशी प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेको छ ।
मुख्यमन्त्री हिक्मत कार्कीले एमाले र कांग्रेसका ५÷५ नयाँ मन्त्री भित्र्याएका छ्न् ।
मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

नवनियुक्त १० जनामध्ये २ जना राज्यमन्त्री छन् । यो सँगै कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।
जसअनुसार भौतिक पूर्वाधारमन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटनमन्त्रीमा भीम पराजुली, खानेपानीमन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिलामन्त्रीमा इन्द्रमणि पराजुली, आर्थिक मामिलामन्त्रीमा विदुर कुमार लिंथेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु, उद्योगमन्त्रीमा इस्राइल मन्सुरी तथा आन्तरिक मामिला राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|



