राष्ट्रियसभाको खाली १८ सिटका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं । राष्ट्रियसभाको खाली १९ मध्ये १८ सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । १ जना भने सरकारबाट मनोनयन हुने भएकोले १८ जनाको उम्मेदवारी दर्ता हुन लागेको हो । आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्न लागेको हो ।

आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
![]() |
![]() |
![]() |
|---|
साथै पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।



