एरिका र दीपेन्द्रसिंह वर्ष उत्कृष्ट खेलाडी घोषित

एरिका र दीपेन्द्रसिंह वर्ष उत्कृष्ट खेलाडी घोषित
  • २३ पुष २०८२, बुधबार २१:५२

काठमाडौं। नेपाली क्रिकेटका चर्चित खेलाडी दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

mulpatra

नेपाल खेलकुद पत्रकार मञ्चले बुधवार पोखरामा आयोजना गरेको २२औँ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित भए । बर्ष उत्कृष्ट खेलाडी घोषित भएसँगै दुवैले पल्सर बाइक पाए ।

दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा समेत शीर्ष मध्येका खेलाडी हुन ।

mulpatra mulpatra mulpatra


करातेकी एरिका गुरुङल्े मोरक्कोमा भएको वर्ल्ड कराते फेडेरेसन कराते प्रिमियर लिगमा ऐतिहासिक काष्य पदक जित्न सफल भएकी थिइन । विश्वका उत्कृष्ट खेलाडीहरूको प्रतिस्पर्धामा कराते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बन्न सफल भएकि थिइन ।