Close

Recent Posts

६६ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो अमेरिका

६६ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो अमेरिका
  • २४ पुष २०८२, बिहीबार १२:३०

काठमाडौं -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न ६६ वटा अन्तर्राष्ट्रिय संस्था, आयोग र एजेन्सीबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका छन्। यससँगै अमेरिका विश्वव्यापी सहकार्यबाट थप पछि हट्ने संकेत देखिएको छ। यीमध्ये अधिकांश संस्था संयुक्त राष्ट्रसँग आबद्ध रहेका छन्।

mulpatra

ति संस्था अमेरिकाका लागि ‘बेकार र हानिकारक’ भएको ठहर ट्रम्प प्रशासन छ । ह्वाइट हाउसद्वारा जारी राष्ट्रपति ज्ञापनअनुसार ३५ गैर–संयुक्त राष्ट्र संस्था र ३१ संयुक्त राष्ट्र निकाय बाट अमेरिकी समर्थन निलम्बन गरिएको हो।

यस निर्णयअन्तर्गत अन्तर्राष्ट्रिय जलवायु वार्ताको आधार मानिने संयुक्त राष्ट्र जलवायु परिवर्तन रूपरेखा सम्मेलनसमेत परेको छ। यो सन्धी सन् १९९२ मा १९८ देशबीच भएको सम्झौता हो, जसले विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग जुध्न आर्थिक सहयोग प्रदान गर्छ। यही सन्धी नै ऐतिहासिक पेरिस जलवायु सम्झौताको आधार हो।

mulpatra mulpatra mulpatra

ट्रम्पले जलवायु परिवर्तनलाई लामो समयदेखि “धोखा” भन्दै आएका छन् र ह्वाइट हाउस फर्किनासाथ अमेरिकालाई पेरिस सम्झौताबाट पनि बाहिर निकालेका थिए।

अमेरिकाले बाहिरिने गैर–संयुक्त राष्ट्र संस्थामध्ये भारत र फ्रान्सको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन पनि समावेश छ। यसका अतिरिक्त, इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज र इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर जस्ता प्रमुख वातावरणीय संस्थाबाट पनि अमेरिका बाहिरिने भएको छ।

यी हुन् अमेरिका बाहिरिने निर्णय गरेको संयुक्त राष्ट्र संघका निकाय

Image Source: © https://mulpatra.com

ट्रम्प प्रशासनले जलवायु, श्रम र सामाजिक विषयमा काम गर्ने धेरै यूएन निकायलाई “डाइभर्सिटी र ‘वोक’ एजेन्डा प्रवद्र्धन गर्ने” आरोप लगाएको छ। अमेरिका बाहिरिने प्रमुख निकायहरूमा पनि यूएनका निकाय समावेश छन् ।

वाइट हाउसले सार्वनजिक गरेको सूचनाअनुसार अमेरिकाले सहकार्य तोकेका निकायमा डिपार्टमेन्ट अफ इकनमिक एन्ड सोसल अफेयर्स, इन्टरनेशनल ल कमिसन, इन्टरनेशनल ट्रेड सेन्टर, पीसबिल्डिङ कमिसन, यूएन इनर्जी, यूएन पपुलेसन फण्ड र यूएन वाटर रहेको छ ।

यसैगरी, अमेरिका बाहिरिने अन्य प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरूमा इन्टरनेशनल एनर्जी फोरम, इन्टरनेशनल रिन्यूएबल एनर्जी एजेन्सी, ग्लोबल काउन्टर टेररिज्म फोरम, कार्बन–फ्री एनर्जी कम्प्याक्ट, प्यान–अमेरिकन इन्स्टिच्युट फर जियोग्राफी एन्ड हिस्ट्री, इन्टरनेशनल कटन एडभाइजरी कमिटी, इन्टरनेशनल ट्रपिकल टिम्बर अर्गनाइजेशन, इन्टरनेशनल फेडेरेसन अफ आट्र्स, काउन्सिल्स एन्ड कल्चर एजेन्सिज, इन्टरनेशनल लिड एन्ड जिंक स्टडी ग्रुपलगायत दर्जनौँ संस्था रहेका छन्।

ह्वाइट हाउसका अनुसार यी संस्थाहरू दोहोरो भूमिका भएका, कुप्रबन्धित, फिजुलखर्ची, प्रभावकारी रूपमा नचलेका वा अमेरिकाको सार्वभौमिकता, स्वतन्त्रता र समृद्धिका लागि खतरा बनेका छन्।

ट्रम्प प्रशासनले अब संयुक्त राष्ट्रलाई दिइने बक्यौता रकम पनि “आ–ला–कार्ट” शैलीमा, अर्थात् ट्रम्पको एजेन्डासँग मेल खाने कार्यक्रमलाई मात्र सहयोग गर्ने नीति अपनाउने बताएको छ।

धेरै स्वतन्त्र गैर–सरकारी संस्थाहरूका अनुसार अमेरिकाले यूएसएडमार्फत दिने विदेशी सहायता कटौती गरेपछि थुप्रै विकास परियोजनाहरू बन्द भइसकेका छन्।

विशेषज्ञहरूका अनुसार, विश्वका ठूला उत्सर्जक र अर्थतन्त्रमध्ये एक अमेरिका बिना जलवायु परिवर्तनसँग लड्न विश्वका लागि निकै कठिन हुनेछ। जलवायु परिवर्तनका कारण बाढी, सुख्खा, डढेलो, अत्यधिक गर्मी र चरम वर्षाजस्ता घातक घटनाहरू बढिरहेका छन्।

यसअघि पनि धेरै संस्थाबाट अमेरिका बाहिरिएको थियो । यसअघि नै ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठन, फिलिस्तीनी शरणार्थीसम्बन्धी यूएन एजेन्सी, संयुक्त राष्ट्र मानव अधिकार परिषद, युनेस्कोबाट पनि अमेरिकी समर्थन निलम्बन गरिसकेको छ। जनवरी २०२५ मा विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदा ट्रम्पले कोभिड १८ महामारीको कुप्रबन्धनलाई कारण बताएका थिए।

एजेन्सीको सहयोगमा

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com