Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

बालेनमाथि लौरो चुनाव चिह्नलाई राजनीतिक बार्गेनिङको हतियार बनाएको आरोप

बालेनमाथि लौरो चुनाव चिह्नलाई राजनीतिक बार्गेनिङको हतियार बनाएको आरोप
  • २४ पुष २०८२, बिहीबार १७:१६

काठमाडौं– रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) ले लौरो चुनाव चिह्नलाई राजनीतिक बार्गेनिङको हतियार बनाएको आरोप लागेको छ ।

mulpatra

बुद्धनगरस्थित एक बैंक्वेटमा बिहीबार आयोजित लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानको विशेष भेला तथा पत्रकार सम्मेलनमा बालेनमाथि लौरो चुनाव चिह्नलाई निजी स्वार्थमा प्रयोग गरेको आरोप लगाइएको छ ।

पत्रकार सम्मेलनमा आम स्वतन्त्र व्यक्तिको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । पत्रकार सम्मेलनमा भनिएको छ– ‘रास्वपामा प्रवेश नगर्दासम्म बालेन्द्र साह लौरो अभियानका स्टेकहोल्डर थिए । उनको टिम राजनीतिमा दलगत प्रवेश गरे । लौरो भनेको स्वतन्त्रहरुको प्रतीक मात्र होइन, यो आस्था, धरोहर र स्वतन्त्रहरुको मन्दिर हो ।‘

mulpatra mulpatra mulpatra

बालेन साह र उनको टिमले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुनिश्चित सम्मानजनक र आधिकारिक रुपमा फिर्ता गर्नु पर्ने अभियन्ताहरुले बताएका छन् ।

देशभरका स्वतन्त्र व्यक्ति र लौरो अभियानका अभियान्ताहरुले लौरो चुनाव चिह्नलाई रुपान्तरण र पुस्तान्तरणको अभियानमा प्रयोग गरेको बताए । उनीहरुले लौरो चिह्न व्यक्ति समूह तथा गुटको निजी सम्पत्ति कहिल्यै पनि नरहेको बताएका छन् ।