रोनाल्डोलाई टक्कर दिन भिमगज प्रजनन् केन्द्र वरीपरि घुम्न थाल्यो, गोविन्दे भाग्यो

रोनाल्डोलाई टक्कर दिन भिमगज प्रजनन् केन्द्र वरीपरि घुम्न थाल्यो, गोविन्दे भाग्यो
  • २५ पुष २०८२, शुक्रबार ११:१५

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नयाँ भाले जंगली हात्ती घुम्न थालेको छ । यसको नाम ‘भीमगज’ नाम राखिएको छ ।

mulpatra

चितवनको हात्ती प्रजनन् केन्द्रमा अहिले १० वटा हात्ती छन् भने ९ वटा साना–ठूला छावाहरु छन् । यही केन्द्रमा हुर्किएका खगेन्द्रप्रसाद र रुद्रकलीलाई एक महिना अगाडि उपहार स्वपरुप कतार पठाइएको थियो ।

हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरका अनुसार यो हात्ती केन्द्र वरपर देखिन थालेको करिब एक साता भएको छ । अर्को भाले हात्ती ‘रोनाल्डो’लाई टक्कर दिने गरी ‘भिमगज’ प्रजनन् केन्द्रमा घुम्न थालेको छ ।

mulpatra mulpatra mulpatra

रोनाल्डो २ महिना जति पहिला हराएको थियो, एक महिना जति भयो आएको, रोनाल्डो हराउँदा गोविन्दे आएर एक महिना बस्यो, रोनाल्डो आउने थाहा पाएपछि गोविन्दे हरायो, तर भीमगज भने आइरहेको छ ।

‘रोनाल्डो पनि विगत एक महिना अगाडिदेखि यहीँ डेरा जमाएर बसेको छ, भीमगज पनि आएको छ, एकले अर्कोलाई धपाउन खोजिरहेको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरले जनाएको छ । केन्द्रका अनुसार ‘रोनाल्डो ठूलो ज्यान र बलियो भएकाले भिमगज डराइरहेको जस्तो देखिन्छ तर छाडेको छैन ।

करिब ५३ वर्षीय रोनाल्डोले भीमगजलाई सकभर वरपर आउन रोक्न खोज्ने केन्द्रको भनाइ छ । आफू बुढो भएकाले धेरै दौडिन त सक्दैन, तर वरपर अरु भाले हात्ती आउँदा रोनाल्डो रिसाउने गरेको कन्द्रले जनाएको छ ।

Image Source: © https://mulpatra.com

आफूहरुले अघिल्लो वर्ष नै भीमगजलाई निकुञ्जमा देखिएको थियो । त्यतिबेला यसले आफूहरुलाई लेखेटेको र आत्मरक्षाका लागि गोली चलाउनु परेको थियो ।

१० वटा हात्ती लिएर जंगल जाँदा योसँग भेट भएको थियो । हामी भागेर भीमपुर पोष्टमा आउँदा लखेट्दै आयो । हामीलाई आक्रमण गर्न खोजेपछि आर्मीले गोली चलायो,’ केन्द्र प्रमुख चौधरीले भने, ‘८÷१० राउण्ड हवाई फायर गरेपछि भाग्यो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com