कांग्रेस संस्थापनले गर्न लागेको पत्रकार सम्मेलन स्थगित

कांग्रेस संस्थापनले गर्न लागेको पत्रकार सम्मेलन स्थगित
  • २५ पुष २०८२, शुक्रबार १२:३४

काठमाडौं । नेपाली कांग्रेसको पछिल्लो विवादका बीच आज कार्यवाहक सभापतिले गर्न लागेको पत्रकार सम्मेलन स्थगित भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्का नेता शेखर कोइराला सहितका नेता साक्षी राखेर पत्रकार सम्मेलन गर्ने तयारी थियो ।
तर अन्तमा शेखर कोइराला र केही नेता नआउने भएपछि पत्रकार सम्मेलन स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

mulpatra

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्। त्यहि महाधिवेशन रोक्न संस्थापन लागिरहेको आरोप महामन्त्री पक्षधरले लगाएका छन् ।

संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई हस्ताक्षर फिर्ता लिन हिजो आग्रह गरेको थियो। महामन्त्री थापाले यसको विरोध गरेका थिए।

mulpatra mulpatra mulpatra