बैदेशिक रोजगारीमा जानेबाट पाँच महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष भित्रिएको रेमिट्यान्स ३५.५ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।
मंसिर महिनामा मात्र विप्रेषण आप्रवाह १ खर्ब ५३ अर्ब १८ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २८ अर्ब ७१ करोड रुपैयाँ भित्रिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।



