कुलमानले राखे रविसँग ३ बुँदे शर्त, बालेन के गदैछन् ?

कुलमानले राखे रविसँग ३ बुँदे शर्त, बालेन के गदैछन् ?
  • २५ पुष २०८२, शुक्रबार १८:५०

काठमाडौं– चुनावी सरकारको मन्त्रीबाट राजीनामा दिएपछि कुलमान घिसिङ राजनीतिमा सक्रिय हुन थालेका छन् । शुक्रबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर उनले विशेषगरी दुई बुँदामा आफ्नो माग राखेका छन् ।

mulpatra

रविसँग ‘वान टू वान’ वार्ता गरेका कुलमानले पार्टी एकता प्रक्रिया सम्मानजनक हुनुपर्ने र प्रतिनिधिसभा सदस्यको समानुपातिकको बन्द सूचीमा उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई प्राथमिकताक्रममा माथि तान्नुपर्ने दुई बुँदे मागमा अडान पेस गरेका हुन् ।

गत बुधबार राति (पुस २३) गते ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्क्रीबाट राजीनामा दिएका कुलमान राजनीतिक गतिविधिमा सत्रिय हुन लागेका हुन् ।

mulpatra mulpatra mulpatra

आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपासँग एकीकरण गरेपछि ‘नागरिक सरकारमा दलीय प्रतिनिधि’ भन्दै कुलमानसहित केही मन्त्रीको चर्को आलोचना भएको थियो । योसँगै रास्वपाले कुलमानलाई उपसभापति बनाउने सहमति गरेपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो । सोही क्रममा गत बुधबार मन्त्रीबाट राजीनामा दिएर उनी राजनीतिमा सक्रिय भएका हुन् ।

तेस्रो बुँदामा कुलमानले उज्यालो नेपालका सदस्यहरुलाई प्रत्यक्ष निर्वाचनको उम्मेदवार छनोट गर्दा प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । यी तीन बुँदामा प्याकेजमा सहमति गरेर अघि बढ्नुपर्ने भन्दै उनले रविसँग माग गरेका छन् ।

रास्वपासँग विवेकशील साझा पार्टी पनि एकीकरण भएको छ । साथै काठमाडौं महानगरका मेयर बालेन शाह समूह पनि रास्वपामा मिसिएको छ । बालेन समूहबाट २६ सदस्यहरु पाउँदा उज्यालो नेपालको तर्फबाट समायोजन भएको छैन ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com