सरकारले ५ महिनामा सकेन ३० प्रतिशत पनि खर्च गर्न
काठमाण्डौ। नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा कुल बजेटको एक तिहाई पनि खर्च गर्न नसकेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक समीक्षा अनुसार साउनदेखि मंसिर मसान्तसम्म सरकारको कुल खर्च रु. ५ खर्ब ६४ अर्ब ४६ करोड मात्र पुगेको छ।

चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो। यस आधारमा पाँच महिनामा भएको खर्च कुल बजेटको करिब २७ प्रतिशत मात्र हो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खर्च रु. ३ खर्ब ९८ अर्ब ५ करोड, पुँजीगत खर्च रु. ३३ अर्ब ८७ करोड र वित्तीय व्यवस्था तर्फको खर्च रु. १ खर्ब ३२ अर्ब ५४ करोड रहेको छ। अपेक्षाअनुसार पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ।
![]() |
![]() |
![]() |
|---|
सरकारले चालू खर्चको लागि ११ अर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत छ । पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत रहेको छ भने वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरेको थियो ।
यसैगरी, समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन रु. ४ खर्ब ६ अर्ब ३० करोड पुगेको छ। यसमा प्रदेश तथा स्थानीय सरकारलाई बाँडफाँड हुने रकमसमेत समावेश गरिएको छ। कुल राजस्वमध्ये कर राजस्व रु. ३ खर्ब ८२ अर्ब २३ करोड र गैरकर राजस्व रु. २४ अर्ब ७ करोड संकलन भएको छ।
खर्च अपेक्षाकृत कमजोर भए पनि सरकारको नगद मौज्दात भने उल्लेख्य रूपमा बढेको छ। २०८२ मंसिर मसान्तसम्म नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु. २ खर्ब ५३ अर्ब २ करोड नगद मौज्दात रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो मौज्दात रु. १ खर्ब ३० अर्ब ७३ करोड मात्र थियो।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



