कपडा भन्दै अमेरिका पठाउन लागिएको बाकसमा भेटियो ठूलो मात्रामा सुनका गहना
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिका पठाउन लागिएको सुनचाँदीका गहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार पक्राउ पर्नेहरूमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन् ।
विमानस्थलको कार्गो कम्प्लेक्समा जाँचका क्रममा शंकास्पद अवस्थामा ती गहना फेला परेको प्रहरीले बताएको छ । एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको ‘मेनिफेस्ट नं. ब्ःक् ब्ए ३२१’ भएको कार्गो बाकसमा जुत्ता, पाइन्ट, सारी र अन्य कपडा पनि थियो । सुवेदी युनिक कार्गोका सञ्चालक हुन् भने दाहाल एपेक्स लजिस्टिक प्रालिका सञ्चालक हुन्।
![]() |
![]() |
![]() |
|---|
तर, एक्स–रे मेसिनमा चेकजाँच गर्दा बाकसभित्र घोषणा गरिए अनुसारको सामान गहना भेटिएको बताइएको छ ।
प्रहरीले सुनको गहनाहरू नौगेडी, चन्द्रमा, जन्तर, सिंगल र डबल ब्रोच, शिरफूल, नेपालको झण्डा अङ्कित ब्रोच, खुकुरी आकारको ब्रोच, मङ्गलसूत्र, मोतीमाला, रानीहार र त्रिशूल बरामद गरेको छ ।
त्यस्तै चाँदीको गोलो र चारपाटे नेकलेस, काँडावाला चुरा, यार्लिङसहितको शिरबन्दी सेट, झुम्का, तिलहरी र सिक्री बरामद गरिएको छ ।
Image Source: © https://mulpatra.com
पक्राउ परेका दुवै व्यक्ति र बरामद गहना आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको सिलवालले बताए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



