प्रसाई बाहिर बस्दा निर्वाचनमा ठुलै सुरक्षा चुनौती हुने प्रहरीको विलेश्षण

नयाँ–पुराना दलसहित ३० भन्दा बढी जेनजीपनि प्रसाईसँग

प्रसाई बाहिर बस्दा निर्वाचनमा ठुलै सुरक्षा चुनौती हुने प्रहरीको विलेश्षणनयाँ–पुराना दलसहित ३० भन्दा बढी जेनजीपनि प्रसाईसँग
  • २५ पुष २०८२, शुक्रबार १७:०७

काठमाडौं– ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारसँग भइरहेको वार्ता विफल भएको संकेत गरेका छन् । सरकारसँग वार्ता नमिले प्रसाईसहित ३० भन्दा जेनजी र नयाँ–पुराना दलपनि उनीसँग मिलेर निर्वाचन बिथोल्न सक्ने सुरक्षा विश्लेषण छ ।

mulpatra

प्रसाईले प्रधानमन्त्री सुशीला कार्कीसँग तीन पटक भेटवार्ता गरे । तर प्रधानमन्त्रीसँगको छलफलबाट आफ्नो महाअभियानले राख्दै आएका माग सम्बोधन हुने सम्भावना नदेखिएको भन्दै प्रसाईंले फागुन १ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । ३० वटाभन्दा जेनजी समुह राखेर उनले आन्दोलनको घोषणा गरे ।

पुस १७ मा सिंहदरबारमा भएको दुईपक्षीय छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहभागी थिए । त्यस दिन प्रसाईंतर्फका प्रतिनिधिहरू पनि सहभागी थिए । प्रसाईको महाअभियाानमा २१ लाख जति सदस्य रहेका छन् ।

mulpatra mulpatra mulpatra

संघीयता, धर्मनिरपेक्षता र राजतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने माग राखेका प्रसाईंले फागुन १ देखि देशभर प्रदर्शन र चक्काजाम गर्ने घोषणा गरेका छन् । सुरक्षा निकायले प्रसाईंको समूहलाई मात्र नभएर केही नयाँ र पुराना दलहरुलाई पनि सुरक्षा चुनौतीको रुपमा विश्लेषण गरेको छ । प्रसाईसँग नयाँ र पुराना दलको पनि सहयोग हुने प्रहरीकै विलेश्षण छ ।

प्रसाईसँग जेनजीले सहकार्य गरेपछि चुनाव बिथोल्न सक्नेबारे उच्च तहमा लामो सयमदेखि छलफल भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तर एकीकृत सुरक्षा योजना तयार गर्दा नै दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ले निर्वाचन बिथोल्न सक्ने सुरक्षा विश्लेषण गरिएको थियो ।

मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षा व्यवस्थापनमा १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना लिन दरखास्त आह्वान भइसकेको छ । प्रसाईं निकट माधव खतिवडाले निर्वाचन आयोगमा नागरिक बचाउ दल दर्ता गराएका छन् । तर यो दल निर्वाचनमा जाने पक्षमा छैन ।

Image Source: © https://mulpatra.com

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन आयोग र सरकारका निकायहरुले चुनावको तयारी तीव्र पारिरहेका छन् । चुनावमा चारवटा सुरक्षा निकायका ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालन गरिँदैछ । ८० हजार सेना पनि निर्वाचनमा परिचालन हुँदैछन् । यसैबिच, प्रसाईंको घोषणा सुरक्षाको दृष्टिकोणले कति ‘चुनौतीपूर्ण’ बन्नसक्ला भन्ने प्रश्न उठेको छ ।

प्रसाईको साथमा ३० भन्दा बढी जेनजी समुह रहेको र यसमा जेनजी असन्तुष्टको संख्या बढ्ने प्रहरीको भनाइ छ । प्रसाईलाई सरकारले गत मंसिरमा पक्रिएपछि उनको क्रेज बढेको र जनताले अहिले प्रसाईका माग ठिक भन्न थालेको प्रहरीकै विलेश्षण छ । प्रसाईसँग आन्तरिक रुपमा जनताको साथ राम्रै भएको र उनको समर्थन पनि बढ्दै गएको प्रहरीकै विलेश्ष्ण छ ।

प्रधानमन्त्री कार्की र प्रसाईंबिच मंसिर २२ मा पहिलोपटक बालुवाटारमा भेटवार्ता भएको थियो । त्यस दिन प्रसाईंले प्रधानमन्त्रीलाई बुद्धको मूर्ति उपहार दिएका थिए । दोस्रोपटक पुस १५ मा भेट्दा प्रधानमन्त्री कार्कीले प्रसाईंलाई बुद्धको फ्रेम उपहार दिइन् ।

आफ्ना माग पूरा गर्न सरकार राजी नभएपछि प्रसाईंले आन्दोलनको बाटो रोजेका हुन् । प्रसाईंले संविधान संशोधन र अन्तरिम संविधान बनाएर मात्र चुनावमा जानुपर्ने बताएका छन् । सरकारसँग भएको वार्तामा प्रसाईंले राखेको व्यवस्था परिवर्तन र २० लाख रुपैयाँसम्मको ऋण मिनाहा लगायत मागमा सहमति नजुटेको सरकारी पदाधिकारीहरु बताउँछन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com