नेपाली कांग्रेसको विशेष महाधिवेशन आज उद्घाटन हुँदै
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन आज भृकुटी मण्डपमा हुँदैछ । बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरि विशेष महाधिवेशनको आव्हान गरेका कारण महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाशको अगुवाइमा आजदेखि विशेष महाधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

कांग्रेसका संस्थापन नेताहरुले नचाहाँदा नचाहाँदै पनि विधानका कारण वाध्य भएर धेरै विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । संस्थापन पक्षले विशेष महाधिवेशन रोक्न युवा भेला आयोजना गरेको छ । यता अस्ति शुक्रबार बाटै विशेष महाधिवेशनमा जिल्ला जिल्लाबाट प्रतिनिधि आउने क्रम रहेको आयोजकले जनाएको छ ।
आज हुने उद्घाटन कार्यक्रमका लागि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिने भएको छ । बिहान ११ बजे उपत्यकाका ५ ठाउँबाट विशेष महाधिवेशनको जुलुस निकालिने तय भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।
![]() |
![]() |
![]() |
|---|
सुन्धारा, रत्नपार्क, शंकरदेव, कमलपोखरी र कुपण्डोलबाट जुलुस एकत्रित भएर भृकुटी मण्डप पुग्ने तय भएको छ । सुन्धाराबाट निकालिने जुलुस वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क–भृकुटीमण्डप पुग्नेछ भने रत्नपार्कबाट निकालिने जुलुस पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
शंकरदेव क्याम्पसबाट निकालिने जुलुस पुतलीसडक–पद्मकन्या क्याम्पस–विद्युत प्राधिकरण–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप, कमलपोखरीबाट निकालिने जुलुस चारखाल अड्डा–डिल्लीबजार–पुतलीसडक–पद्मकन्या क्याम्पस–विद्युत प्राधिकरण–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ र कुपन्डोलबाट निकालिने जुलुस थापाथली–त्रिपुरेश्वर–सुन्धारा–वीर अस्पताल–रत्नपार्क( पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
सवारी साधन पार्किङका लागि सहिदगेटको उत्तरतर्फ टुँडिखेलमा व्यवस्था गरिएको विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



