कांग्रेस विशेष महाधिवेशनको पक्षमा पुग्यो ६० प्रतिशत
काठमाडौं । संस्थापन पक्षले नचाहाँदा नचाहाँदै भोली देखि हुन गइरहेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले समर्थन गरेका छन् । शनिबार महाधिवेशन स्थल भृकुटीमण्डपमा आयोजना गरेको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत पुगेको दाबी गरिएको हो ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिला हस्ताक्षर नगरेका तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङलगायतका जिल्लाका प्रतिनिधि पनि खुलेको नेता अजयबाबु शिवाकोटीले बताए। विशेष महाधिवेशनको माग गर्दा ५४.५८ प्रतिशतले हस्ताक्षर गरे पनि अहिले संख्या झनै बढेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।
उनले विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा थप खुल्दै गएको दाबी गरे ।
![]() |
![]() |
![]() |
|---|



