Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

पालो ‘गगन–विश्व युगको’ भन्दै भृकुटीमण्डपतिर जम्मा हुँदै कांग्रेस

पालो ‘गगन–विश्व युगको’ भन्दै भृकुटीमण्डपतिर जम्मा हुँदै कांग्रेस
  • २७ पुष २०८२, आईतवार १२:५७

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरू हुँदैछ ।

mulpatra

कार्यक्रमस्थल भृकुटीमण्डपमा विभिन्न ठाउँबाट बाजागाजासहित जुलुसहरू आउने क्रम जारी छ । कार्यक्रमस्थल अहिले भरिभराउ देखिन थालेको छ । प्रतिनिधिहरूले ‘अब पालो गगन–विश्व युग’ को भन्दै नारा लगाइरहेका छन् ।

उद्घाटनअघि सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई ¥याली महाधिवेशन स्थल पुग्दै छन् । प्रदेशगतरूपमा प्रतिनिधिहरूले नाम दर्ता गराइरहेका छन् ।

mulpatra mulpatra mulpatra

महाधिवेशनस्थलमा बीपीदेखि गिरिजासम्म पार्टी सभापतिहरूको पूर्णकदको कट आउट राखिएको छ । वर्तमान सभापति शेरबहादुर देउवाको भने छैन ।

असोज २९ गते कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । विशेष महाधिवेशन पक्षधरले ६० प्रतिशत प्रतिनिधि उतार्ने दाबी गरेका छन् ।