कांग्रेस विशेष महाधिवेशनको पक्षमा बहुमत पुगेको दावी
काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा बहुमत पुगिसकेको दावी गरिएको छ ।

कांग्रेसका जम्मा ४७४३ जना महाधिवेशन प्रतिनिधि मध्ये बहुमत पुगेको सचिवालयले जनाएको छ ।
यस अघि तीन महिना अघि नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए ।
![]() |
![]() |
![]() |
|---|
बहुमत सदस्यले माग गरेको विशेष महाधिवेशनलाई संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
उद्घाटन सत्र पार्टीका काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ । महाधिवेशन भोलिसम्म चल्ने छ ।



