Close

Recent Posts

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने ६२.४ प्रतिशत पुगे, अझै बढ्ने संकेत

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने ६२.४ प्रतिशत पुगे, अझै बढ्ने संकेत
  • २७ पुष २०८२, आईतवार १९:३७

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

mulpatra

कांग्रेसका जम्मा ४७४३ जना महाधिवेशन प्रतिनिधि मध्ये ६२.४ प्रतिशतले हस्ताक्षर गरिसकेको र भोलीसम्म अझै बढ्ने सचिवालयले जनाएको छ ।

यस अघि तीन महिना अघि नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए ।

mulpatra mulpatra mulpatra

असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएको थियो । संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए ।