उज्यालो नेपालका कम्तीमा २० जना नेता जेन–जीहरूले खोलेको पार्टीको बन्दसूचीमा छिरे

उज्यालो नेपालका कम्तीमा २० जना नेता जेन–जीहरूले खोलेको पार्टीको बन्दसूचीमा छिरे
  • २८ पुष २०८२, सोमबार २०:५९

काठमाडौं–उज्यालो नेपाल पार्टीका कम्तीमा २० जना नेताहरू राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूचीमा समावेश भएका छन् । जेन–जी आन्दोलनमा घाइते भएका युवा राजेश पोर्तेल यो परिवर्तन पार्टीका अध्यक्ष हुन् ।

mulpatra

पोर्तेलले अधिकांश जेन–जी युवाहरूलाई नै समावेश गरेर पार्टी दर्ता गरेका थिए । पार्टीले समानुपातिक उम्मेदवारहरुको बन्दसूची पनि बुझाइसकेको छ । उक्त सूचीमा रहेका नामहरु फिर्ता लिएर उज्यालो नेपालका तर्फबाट नाम समावेश गरिएको हो ।

स्रोतका अनुसार उज्यालो नेपालका संस्थापक अध्यक्ष रहेका अनुपकुमार उपाध्याय खस आर्यतर्फ पहिलो स्थानमा रहेका छन् । उनी रास्वपाको पनि बन्द सूचीमा थिए । रास्वपाबाट नाम फिर्ता लिएर उनी यता आएको बुझिएको छ । केन्द्रीय सदस्य रिमा विश्वकर्मा भने रास्वपाकै सूचीमा यथावत छिन् ।

mulpatra mulpatra mulpatra