वार्ता र बन्दसत्र सँगसँगै लैजाँदै कांग्रेस विशेष महाधिवेशन पक्षधर
काठमाडौं । भृकुटी मण्डपमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आव्हानमा कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा संस्थापन पक्षले वार्तामा बोलाएको छ । विशेष महाधिवेशनको वन्त्रसत्र चलिरहँदा आज विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ ।

वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेभएका छन् भने संस्थापन पक्षबाट वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल रहेका छन्। खाण र लेखक सभापति देउबाको तर्फबाट र डाक्टर रिजाल र परियार नेता कोइरालाको तर्फबाट सदस्य हुन् ।
विशेष महाधिवेशनलाई अमान्य हुने घोषणा गरेका पार्टी सभापति शेरबहादुर देउवा अन्तमा वाध्यभएर वार्ता गर्न तयार भएका छन् ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आव्हानमा हुँदै गरेको विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएपछि संस्थापन पक्ष वाध्य भएको हो ।
![]() |
![]() |
![]() |
|---|
६३ प्रतिशत बढी प्रतिनिधिले नीति र नेतृत्व दुबै परिवर्तन गर्नका लागि प्रक्रियामा छिर्न लागेपछि हतार हतार सभापति देउवाले वार्तामा बोलाएका छन् ।
विशेष महाधिवेशन पक्षधर वार्ता र बन्दसत्र सँगै लाने तयारीमा छ । बिहान ९ बजेदेखि बन्दसत्र सुरु हुने भएको छ ।
विशेष महाधिवेशनमा सभापति देउवा सहभागी नभए जारी बन्दसत्रले नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने बताइएर गगन–विश्वले वार्तालाई दबादमा राख्न खोजेको देखिएको छ ।



