सर्यो कांग्रेस संस्थापनले बोलाएको केन्द्रीय कार्यसमिति बैठक

सर्यो कांग्रेस संस्थापनले बोलाएको केन्द्रीय कार्यसमिति बैठक
  • २९ पुष २०८२, मंगलवार ०९:३९

काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा संस्थापन पक्षले बोलाएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको छ ।

mulpatra

बैठक सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले सुचना जारी गरि जानकारी गराएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।

विशेष महाधिवेशन पक्षधर ६३ प्रतिशत बढी प्रतिनिधिले नीति र नेतृत्व दुबै परिवर्तन गर्नका लागि प्रक्रियामा छिर्न लागेपछि हतार हतार सभापति देउवाले बैठक आव्हान गर्न लगाएका थिए । विशेष महाधिवेशन पक्षधर भने बैठकमा उपस्थिति नहुने भएका छन् ।

mulpatra mulpatra mulpatra

विशेष महाधिवेशनमा सभापति देउवा सहभागी नभए जारी बन्दसत्रले नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने बताइएर गगन–विश्वले वार्तालाई दबादमा राख्न खोजेको देखिएको छ ।