ओली–बालेनले झापा –५ मा प्रसाईको साथ लिनुपर्ने, ओलीको विरासत तोड्न बालेनलाई दुर्गाकै सहयोग

झापा–५ मा प्रसाईको ११ हजार मत

ओली–बालेनले झापा –५ मा प्रसाईको साथ लिनुपर्ने, ओलीको विरासत तोड्न बालेनलाई दुर्गाकै सहयोगझापा–५ मा प्रसाईको ११ हजार मत
  • २९ पुष २०८२, मंगलवार १४:०८

झापा– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी बन्ने लगभग पक्का भएको छ ।

mulpatra

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत बनेका बालेनका लागि यो बाटो जति साहसिक छ, २०७९ को चुनावी अंकगणितले यसलाई उति नै चुनौतीपूर्ण देखाएको छ ।

बालेन शाहले फागुन ५ गते काठमाडौँको मेयर पदबाट राजीनामा दिएर झापाबाट उम्मेदवारी दिने विषयमा छलफलमा जुटेका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘किल्ला’ मानिने झापा–५ मा बालेनको प्रवेशले आगामी फागुन २१ को चुनावी भिडन्तलाई विरासतविरुद्ध विद्रोहको रूपमा हेर्न थालिएको छ ।

mulpatra mulpatra mulpatra

तर झापा–५ मा बालेन र ओली आगामी निर्वाचनमा जित्न नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको साथ लिनुपर्ने एमाले र राश्वपाकै नेताहरुले बताउन थालेका छन । प्रसाईले अहिलेको अवस्थामा निर्वाचनमा जान्न नसकिने बताउँदै आएका छन् भने उनी सरकारसँग वार्तामा छन् ।

गत निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दै सानदार जित हासिल गरेका थिए । ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत सघाएको थियो । अहिले राप्रपा पहिलाको जस्तो अवस्थामा नरहेको र राप्रपाको धेरै मत दुर्गा प्रसाईतिर गएको एमालेकै अनुमान छ ।

झापा–५ मा एमालेले २०७९ को निर्वाचनमा समानुपातिकतर्फ ३५ हजार ८७२ मत पाएको थियो भने राप्रपाले ७ हजार ३७० मत पाएको थियो । यस्तै रास्वपाले समानुपातिक तर्फ १८ हजार २०५ मत पाएको थियो । यही मतलाई आधार मानेर बालेन झापा–५ बाट उम्मेदवारी दिन खोजेको रास्वपाकै एक नेताले जानकारी र्दि ।

Image Source: © https://mulpatra.com

ओलीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मतमात्र प्राप्त गरेका थिए । बालेनले चुनाव जित्नका लागि केवल रास्वपाको मत संरक्षण गरेर पुग्दैन, एमालेको ‘क्याडर बेस’ मत र कांग्रेसको ‘परम्परागत’ मतमा ठुलो पहिरो जानुपर्ने हुन्छ । जसमा उनले दुर्गा प्रसाईको सहयोग लिनुपर्ने भएको छ ।

रोचक पक्ष के छ भने उक्त निर्वाचनमा झापा–५ बाट रास्वपाका उम्मेदवार सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मतमात्र ल्याएका थिए । यसको अर्थ ओली र रास्वपाबिचको मतान्तर ४० हजार ५६० को विशाल खाडल हो ।

काठमाडौँ महानगरमा बालेनले केही काममा आक्रामक कार्यशैली र स्वतन्त्र छविका कारण झापाका युवा मतदाताहरूमा एउटा ठुलो आकर्षण पैदा हुन सक्छ । तर यति मात्र नपुग्ने एमालेका एक नेताले जानकारी दिए ।

रास्वपाको करिब १२ हजार मत र बालेनको व्यक्तिगत क्रेज मिसिँदा यो सङ्ख्या २०–२५ हजारको हाराहारीमा सजिलै पुग्न सक्ने अनुमान गर्न सकिन्छ । तर जितका लागि आवश्यक ५० हजारभन्दा बढी मतका लागि उनले झापा–५ मा रहेका ‘साइलेन्ट भोटर्स’ र नयाँ थपिएका युवा मतदाताहरूलाई पूर्ण रूपमा आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । यसका लागि पनि दुर्गा प्रसाईकै साथ आवश्यक पर्ने रास्वपा झापाका एक नेताले बालेनसँग बताएका थिए ।

झापा–५ ओलीको बलियो निर्वाचन क्षेत्र हो, जहाँ उनले २०६४ सालबाहेक सबै चुनाव जित्दै आएका छन्। विकास निर्माणका ठूला काम र बलियो संगठनका कारण यो क्षेत्र एमालेको किल्लाका रूपमा चिनिन्छ । त्योभन्दा बाहेकका निर्वाचनमा उनले राप्रपाकै साथ लिदै आएका छन् ।

झापाबाट चुनाव लड्न चाहेका बालेनलाई सोचेजति सहज भने छैन । तर दुर्गा प्रसाईले सहयोग गरे भने उनले सहज जित्ने राश्वपाकै अनुमान छ । झापा –५ मा बालेन टिमले कलेज र शहरमा गरेको सर्वेक्षणका आधारमा चुनाव लडे भने उनी हार्ने राश्वपाकै अनुमान छ ।

ओलीले प्रतिनिधि सभामा पाएको मत र स्थानीय तहमा एमाले उम्मेदवारहरूले पाएको मतले पनि यो क्षेत्रमा एमालेको बलियो पकड पुष्टि गर्छ। यस क्षेत्रमा अघिल्लो निर्वाचनको तुलनामा ९ हजार ९० नयाँ मतदाता थपिएका छन् । फागुन २१ गते हुने निर्वाचनमा सबै दलले आ–आफ्ना उम्मेदवार उठाएमा एमाले अध्यक्ष ओलीले सहज जित निकाल्ने सम्भावना देखिन्छ । यसका लागि दुर्गा प्रसाईले जसलाई सहयोग गर्छन् उसले यस निर्वाचन क्षेत्रमा जित्ने अनुमान गरिएको छ ।

ओलीको निर्वाचन क्षेत्रमा दुर्गा प्रसाईको ८ देखि ११ हजार मत रहेको एमालेको अनुमान छ । जसका कारण पनि कोशी प्रदेशमा आगामी निर्जाचनमा प्रसाई पनि एउटा शक्तिका रुपमा देखिने अनुमान छ ।

मूलपत्रले झापामा गरेको अनुसन्धानका आधारमा तयार पारेको रिपोर्ट

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com