कांग्रेस केन्द्रीय समिति भंग गर्न र गगनलाई नेतृत्व सुम्पन माग गर्दै भृकुटीमण्डपमा प्रदर्शन
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति भंग गर्न माग गर्दै विशेष महाधिवेशनस्थल भृकुटीमण्डप प्रदर्शन सुरु भएको छ ।

विशेष महाधिवेशन पक्षधर र शेरबहादुर देउवा तथा शेखर कोइराला पक्षबीच वार्ता भइरहेको वेला विशेष महाधिवेशन नेतृत्व चयनमा आलटाल भइरहेको छ । पहिलो चरणको वार्तामा सहमति जुट्न सकेको छैन ।
विशेष महाधिवेशन पक्षधर महाधिवेसन प्रतिनिधि र अरु कार्यकर्ता जम्मा भएर १४ औँ महाधिवेसनबाट निर्वाचित केन्द्रीय समिति भंग गर्दै नयाँ नेतृत्व चुन्न उनीहरूको माग छ । दिउँसो फेरि दोस्रो चरणको वार्ता हुने तय भएको छ। तर यसबीचमा आफूहरूलाई झुटो बाचामा फसाएर देउवा पक्षले विशेष महाधिवेशन प्रभावित गर्न खोजेको भन्र्दै कार्यकर्ता विरोधमा उत्रिएका हुन्। ।
![]() |
![]() |
![]() |
|---|
उनीहरूले ‘झुटो बाचा मान्दैनौँ’ भन्दै गगन–विश्वलाई नेतृत्वमा ल्याउन नारा जुलुस सुरु गरेका छन् ।



