विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक, सभापतिका लागि ३० हजार शुल्क
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन प्रक्रियामा छिरेको छ । नयाँ नेतृत्व चयन गर्ने गरि अघि बढेको विशेष महाधिवेशनमा आजै राति ९ बजेदेखि मतदान हुने भएको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मतपरिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
महाधिवेशनमा सभापति पदको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क लाग्ने निर्वाचन समितिले जनाएको छ । उपसभापति र महामन्त्रीको लागि २५ हजार, सहमहामन्त्रीको लागि २० र केन्द्रीय सदस्यको लागि १० हजार शुल्क लाग्ने भएको छ।
![]() |
![]() |
![]() |
|---|




