सरकारले तेस्रो पटक प्रसाईलाई वार्तामा बोलायो, दुर्गा भन्छन् ‘मुख्य एजेण्ड हिन्दुराष्ट्र स्थापना’

सरकारले तेस्रो पटक प्रसाईलाई वार्तामा बोलायो, दुर्गा भन्छन् ‘मुख्य एजेण्ड हिन्दुराष्ट्र स्थापना’
  • २९ पुष २०८२, मंगलवार १५:३२

काठमाडौं– सरकारले दुर्गा प्रसाईंलाई पत्र पठाउँदै वार्तामा आउन औपचारिक रुपमै तेस्रो पटक बोलाएको छ । आज प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर शुक्रबार २ बजेका लागि वार्तामा बोलाएको हो ।

mulpatra

प्रसाईंलाई सम्बोधन गरिएको सो पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल श्रेष्ठको हस्ताक्षर छ । सो पत्र प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले बुझेका छन् ।

यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए ।

mulpatra mulpatra mulpatra

कतिपय माग संविधानसँग बाझिने खालका जटिल प्रकृतिका भएकाले गृहमन्त्री अर्यालले प्रधानमन्त्रीकै तहमा छलफल हुनपर्ने भनाइ राखेका थिए ।

महाअभियानले नेपालको संविधान खारेजी, हिन्दु अधिराज्य स्थापना, प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्नुपर्नेलगायत माग राखेको छ ।

त्यस्तै, अन्य मागहरूमा जेन–जीका मागहरू सम्बोधन गर्नुपर्ने र तत्कालीन सरकारका उच्चपदस्थहरूलाई पक्राउ गरी छानबिन गर्नुपर्ने मागहरूसमेत रहेका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com