१७ भन्दा बढी घटक दल र व्यक्तिहरू समाहित नेकपाले खुवाउयो सपथ
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उनीहरूले जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिएका हुन् । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि नेताहरूको आज शपथ भएको हो ।
नेकपामा हाल १७ भन्दा बढी घटक दल र व्यक्तिहरू समाहित छन्। हालै मात्र मनिष लिम्बू नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा उपाध्यक्ष शिवलाल थापाको समूह पनि पार्टीमा समावेश भएका थिए।
![]() |
![]() |
![]() |
|---|
जनाइएअनुसार उपत्यकाका केन्द्रीय सदस्य पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट शपथ ग्रहण गर्नेछन् भने अन्य प्रदेश र जिल्लाका सदस्यहरूले स्थानीय कार्यालयबाट भर्चुअल माध्यमद्वारा सपथ ग्रहण गर्नेछन्।
पहिलेको सहमति अनुसार पार्टीले कात्तिक १९ गते एकता घोषणा गर्दा ६ महिनाभित्र महाधिवेशन गरी १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो। तर, ठूला र साना दलहरू मिलाउन केन्द्रीय समितिको आकार २४९९ सदस्यसम्म पुर्याएको हो ।
पूर्वमाओवादी केन्द्रका सदस्यहरूले समितिमा ६० प्रतिशत स्थान ओगटेका छन् भने बाँकी ४० प्रतिशत स्थान एकीकृत समाजवादी र अन्य दलका सदस्यहरूलाई दिइएको बताइएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



