कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवारी मनोनयन गर्ने क्रम जारी
काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनमा उमदेवारी मनोनयन गर्ने क्रम जारी रहेको छ ।
मंगलबार राति स्थगित भएको उमेदवारी मनोनयन आज सकेर १० बजेपछि अर्को कार्यतालिका सार्वजनिक गर्ने तयारीमा रहेको निर्वाचन समिति संयोजक सदस्य अशोक पोखरेलले जानकारी दिएका छन् ।

कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उमेदवारी दर्ता खुला गरिएको थियो ।
मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपछि दर्ता गरिने भनिएको थियो । त्यसपछि साँझ साढे ६ बजेका लागि सारिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ । यता भृकुटीमण्डपमा विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन चलिरहँदा संस्थापन पक्षले हिजो बोलाएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजलाई सारेको छ ।



