नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा संस्थापन पक्षले बोलाएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले वस्दै छ । मंगलबार बिहान ११ बजेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केही बेर बसेर बुधवार बिहान ८ बजेसम्मका लागि स्थगित भएको थियो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।
विशेष महाधिवेशन पक्षधर ६३ प्रतिशत बढी प्रतिनिधिले नीति र नेतृत्व दुबै परिवर्तन गर्नका लागि प्रक्रियामा छिर्न लागेपछि हतार हतार सभापति देउवाले बैठक आव्हान गर्न लगाएका थिए । विशेष महाधिवेशन पक्षधर भने बैठकमा उपस्थिति नहुने भएका छन् ।
![]() |
![]() |
![]() |
|---|
विशेष महाधिवेशनमा सभापति देउवा सहभागी नभए जारी बन्दसत्रले नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाउने बताइएर गगन–विश्वले वार्तालाई दबादमा राख्न खोजेको देखिएको छ ।



