सिन्धुलीको नेपाल एसबीआई बैंकमा बैंक लुटपाटः ठूलो रकमसहित लुटेरा फरार
काठमाडौं। सिन्धुलीको घ्याङ्लेख क्षेत्रमा रहेको नेपाल एसबीआई बैंकको शाखामा मंगलबार साँझ ठूलो लुटपाट भएको छ । नकावधारी समूहले बैंकमा प्रवेश गरी सुरक्षागार्डमाथि कुटपिट गर्दै सेफमा राखिएको ३ करोड १० लाख ९५ हजाररुपैयाँ लुटेर लगेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार लुटपाटपछि तत्कालै सुरु गरिएको खोजतलासका क्रममा बैंक नजिकैको जंगल क्षेत्रबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैया नगद रकम फेला परेको छ । प्रहरीले घटनामा प्रयोग गरिएको सवारी साधन टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार लुटपाटमा संलग्न समूह काभ्रेपलाञ्चोकको बनेपाबाट आएको खुल्न आएको छ । नियन्त्रणमा लिइएका चालकसँग सोधपुछ भइरहेको छ भने फरार रहेका अन्य व्यक्तिहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|



