त्रिसुलीमा भेटिएको बस सिमतालबाट हराएको गणपति डिलक्स भएको पुष्टि, उत्खनन जारी
काठमाडौँ । त्रिसुलीमा भेटिएको बस सिमतालबाट हराएको गणपति डिलक्स भएको पुष्टि भएको छ । डेड बर्ष अधि चितवनको सिमलतालनजिकबाट पहिरोमा परि त्रिशूली नदीमा दुई वटा बस हराएका थिए । त्यसमध्ये माछामार्ने व्यक्तिहरुले पत्ता लगाएको ठाउँमा उत्खनन गर्ने क्रममा गणपत्रि डिलक्स लेखेको भाग भेला परेपछि हराएको बस पत्ता लगाएको हो ।

आइतबार बिहान बसको अवशेष फेला परेपछि उत्खननको सुरु गरिएको थियो । उत्खननको तेस्रो दिनमा डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको बस नै रहेको पुष्टि भएको हो । तीन दिनदेखि निरन्तर उत्खनन गर्दा मंगलबार सशस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको फला पारेको हो । उत्खनन कार्य अझै जारी छ ।
२०८१ असार २८ गते बिहानपख काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा परि वेपत्ता भएको थियो ।
![]() |
![]() |
![]() |
|---|
दुवै बसका ६५ यात्रुमध्ये केही पौडेर निस्केका र केहीको लास भेटिए पनि अझै केही वेपत्ता रहेका छन् ।



