शेरबहादुर देउवाले राजिनामा नदिने
काठमाडौं । भृकुटी मण्डपमा विशेष महाधिवेशन निर्वाचन प्रक्रियामा छिरेको बेला वार्ताका लागि बोलाइएको महामन्त्रीद्वय सामु पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा नदिने संकेत गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले सभापतिले राजिनामा दिएर बाटो खुल्ला गरिदिए सहमति हुन सक्ने भनिरहेको बेला सभापति देउवाले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगको वार्तामा पनि पदबाट राजनीनामा नदिने अडान दोहोर्याएका हुन् ।
महाधिवेशन निर्वाचन प्रक्रियामा गएको र उम्मेदवारको मनोनयन भइरहेको अवस्थामा सभापति देउवाले वार्ताका लागि महामन्त्रीद्वयलाई महाराजगञ्ज बोलाएका थिए । महामन्त्रीद्वयसँगको निर्णायक वार्तामा देउवा ‘पार्टी फुटे फुटोस् राजीनामा दिन्नँ’ भन्ने शैलीमा प्रस्तुत भएको महामन्त्री निकट नेताले बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|



