Close

Recent Posts

बैंकको ब्याज फेरि घट्यो

बैंकको ब्याज फेरि घट्यो
  • १ माघ २०८२, बुधबार ११:०९

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । निरन्तर घट्दो क्रममा रहेको बाणिज्य बैंकहरुको औषत ब्याजदर पुन घटेको छ ।

mulpatra

सबैभन्दा कम ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । जसको व्यक्तिगत मुद्धती खातामा ४.३६ कायम गरिएको छ । सबैभन्दा बढी व्यक्तिगत खातामा ग्लोबल आइएमई बैंकको ५.५ रहेको छ ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.६८ प्रतिशत विन्दुमा झरेको छ । पुस महिनामा ४.८३ प्रतिशत विन्दुमा थियो ।

mulpatra mulpatra mulpatra

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।