कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदिप पौडेलको उम्मेदवारी

कांग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदिप पौडेलको उम्मेदवारी
  • १ माघ २०८२, बुधबार १२:२४

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीमा विश्वप्रकाश शर्मा, प्रदिप पौडेल, जगदिस नर्सिङ केसि सहित तीन जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा तीनजनाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य अशोक पोखरेलले बताएका छन् ।

mulpatra

महाधिवेशन निर्वाचन प्रक्रियामा गएको र उम्मेदवारको मनोनयन भइरहेको अवस्थामा सभापति देउवाले वार्ताका लागि महामन्त्रीद्वयलाई महाराजगञ्ज बोलाएका थिए । महामन्त्रीद्वयसँगको निर्णायक वार्तामा देउवा ‘पार्टी फुटे फुटोस् राजीनामा दिन्नँ’ भन्ने शैलीमा प्रस्तुत भएका कारण निर्वाचन प्रक्रियालाई अगाडी बढाइएको छ ।

दिउँसो १ बजेसम्म उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । विद्युतिय मेसिनबाट भोटिङ गर्ने तयारीमा रहेको निर्वाचनमा आजै मतदानको तयारी समेत छ ।

mulpatra mulpatra mulpatra