देउवाले महामन्त्रीद्वय गगन र विश्व प्रकाश र प्रदिपसहित १ दर्जन नेतालाई कारवाहीको तयारी

देउवाले महामन्त्रीद्वय गगन र विश्व प्रकाश र प्रदिपसहित १ दर्जन नेतालाई कारवाहीको तयारी
  • १ माघ २०८२, बुधबार १३:०२

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुटतर्फ अघि बढेको बताएका छन् । केन्द्रीय कार्य समिति बैठकमा लागि सानेपा पुगेका खड्काले उनको कार्यकक्षमा जम्मा भएका नेता कार्यकर्तालाई पछिल्लो वार्ताको ब्रिफिङ गर्दै पार्टी फुट्न लागेको बताएका हुन् ।

mulpatra

सभापति अधिकतम लचिलो हुँदा पनि महामन्त्रीहरूले नमानेको र उम्मेदवारी मनोनयन प्रक्रिया नै थालिसकेकाले अब फुटतर्फ गएको बताए । उनले अब बैठक हिजोको जसरी नरोकिने भन्दै थप आवश्यक कदम केन्द्रीय कार्य समितिले चाल्ने बताए ।

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । यसअघि नै सभापतिमा गगन थापाको उम्मेदवारी परिसकेको छ । संस्थापनसँगको वार्तामा प्रगति नभएपछि भृकुटीमण्डपमा धमाधम उम्मेदवारी दर्ता हुन थालेको हो ।

mulpatra mulpatra mulpatra

उता सभापति देउवाले भने विशेष महाधिवेशनका १ दर्जनभन्दा बढी नेता कारवाही गर्ने भएका छन् । कांग्रेसका एक नेताका अनुसार महामन्त्रीद्वय थापा र शर्मा, गुरुराज घिमिरे र प्रदिप पौडेललाई कारवाहीको तयार गरिरहेको छ । यसका लागि कांग्रेसको केन्द्रीय कमिटि बैंठक बोलाएर उनीहरुलाई पार्टीबाट निष्कासनसम्म कारवाही हुने बताइएको छ ।