कांग्रेसमा सहमतिको प्रयास, शर्माको ८ बुँदे प्रस्तावमा फेरी छलफल हुँदै
काठमाडौं– नेपाली कांग्रेसको विभाजन रोक्ने प्रयासस्वरूप कांग्रेसमा नयाँ बाटोको खोजी भइरहेको भएको छ । विशेष महाधिवेशनपक्षधर नेतृत्व चयन र संस्थापनपक्ष केन्द्रीय समितिको बैठकमा लागिरहेका बेला महामन्त्री विश्वप्रकाश शर्माले नयाँ प्रस्ताव ल्याएका हुन् ।

विशेषपक्षले संस्थापनपक्षसामु राखेका विकल्पः
कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने,
विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने,
प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने,
चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने,
टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने,
निर्वाचन केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने,
उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने,
विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने ।
![]() |
![]() |
![]() |
|---|



