गगन र विश्वलाई देउवा पक्षले गर्‍यो कारबाही

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो कारबाही
  • १ माघ २०८२, बुधबार १५:४५

काठमाडौं । विशेष महाधिवेशनको नेतृत्व गरेका कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिले कारवाही गरेको छ ।

mulpatra

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुटतर्फ अघि बढेको बताएका थिए। केन्द्रीय कार्य समिति बैठकमा लागि सानेपा पुगेका खड्काले उनको कार्यकक्षमा जम्मा भएका नेता कार्यकर्तालाई पछिल्लो वार्ताको ब्रिफिङ गर्दै पार्टी फुट्न लागेको बताएका थिए ।

सभापति अधिकतम लचिलो हुँदा पनि महामन्त्रीहरूले नमानेको र उम्मेदवारी मनोनयन प्रक्रिया नै थालिसकेकाले अब फुटतर्फ गएको भन्दै कारवाही गरिएको एक केन्द्रिय सदस्यले बताएका छन् ।

mulpatra mulpatra mulpatra

यता नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रियामा छिरेको छ । ८ बजे देखि निर्वाचन हुने कार्यतालिका रहेको छ ।